काठमाडौं- ब्राजिल फिफा यू- १७ विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरको छ। सोमबार भएको प्रि-क्वार्टरफाइनलको खेलमा इक्वेडरलाई ३-१ गोलले पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
ब्राजिलको जितमा इस्टेभाओ विलियमले २ गोल गरे। उनले १४औं मिनेट र ७० औं मिनेटमा गोल गरेका थिए। ९० औं मिनेटमा ब्राजिलका लागि तेस्रो गोल लुइस हानरी सान्तोषले गरेका थिए। इक्वेडरका लागि मिचेल बर्माबेजले पहिलो हाफको अन्त्यमा एक गोल गरेका थिए।


