काठमाडौं- विहिबार दुर्गा प्रसाईँ नेतृत्वको समूहले गर्न लागेको प्रदर्शनमा भाग लिन आएका महिलाहरुलाई मध्यरातमा दुर्व्यवहार युवासंघका सचिवालय सदस्यको संग्लग्नता रहेको रहेको पुष्टि भएको छ।
युवासंघका सचिवालय सदस्य विनोद राईको नेतृत्वमा लोकन्थली स्थित इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरु माथि दुर्व्यवहार भएको पुष्टि भएको हो। राई माओवादी हुँदै एमालेमा आएका हुन्।
उनको घर खोटाङ भएको बताइएको छ। उनले यसअघि प्रसाईँलाई कालोमसो समेत दलेका थिए। यद्यपी युवासंघका अध्यक्ष छितिज थेवेले यस घटनामा संगठनको संलग्नता नरहेको दाबी भएका छन्।


