काठमाडौं- एपिवान टेलिभिजनले भुषण दाहालले सञ्चालन गर्दै आएको ब्राभो डेल्टा शो नामक टक शो रोकिदिएको छ। दाहालले कार्यक्रममा दुर्गा प्रसाईँसँग अन्तर्वार्ता गरेका थिए। तर, टेलिभिजनले अन्तिम समयमा यो कार्यक्रमको प्रसारण रोकेको छ। दाहालले ट्विटर (एक्स) मार्फत आफ्नो कार्यक्रम रोकिएको जनाएका छन्।
कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो। ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु,’ उनले भनेका छन्।
दाहालले कार्यक्रमको अंश सार्वजनिक गरेका छन्। जसमा प्रसाईँले अब व्यवस्था परिवर्तन हुने दाबी गरेका छन्।
वाह! लोकतंत्र
३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।आजको कार्यक्रम
Sajhakatha youtube channel @ 8pm#सुचनाकोहक pic.twitter.com/VGEPO3LD5r— bHUSANdAHAL🇳🇵 (@DahalTbd) November 22, 2023


