काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
अमेरिकी भौगर्भिक अध्ययन केन्द्र युएसजीएसका अनुसार कीर्तिपुर आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। उसका अनुसार पृथ्वीको सहतभन्दा १० किमि मुनि केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो क्षति भएको थियो।


