मोरङ- मोरङको उर्लाबारी आगलागी घटनामा घाइतेका भएका दुई जनाको मृत्यु भएको छ।
लक्ष्मीपूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको हो।
उपचारका लागि कीर्तिपुर वर्न अस्पतालमा ल्याइएका उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।
स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मीपूजा दिन आगलागी भएको थियो।
त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए।
सो आगलागी घटनाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


