काठमाडौँ- काठमाडौँको बल्खुमा एमाले र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ।
एमाले कार्यकर्ता बल्खुमा पुगेपछि दुवै पक्षबीच झडप भएको हो। झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रमस्थलमा जान भनेको छ।
युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका मोटरसाइकल प्रसाईंका समर्थकले तोडफोड गरेका छन्। झडपमा परी केही व्यक्तिहरू सामान्य रूपमा घाइते भएको र केही संरचनामा क्षति पुगेको प्रहरीले बताएको छ।
युवा संघका कार्यकर्ता भने झडपपछि कुलेश्वरतर्फ लागेका छन्।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले प्रसाईंका लागि बल्खु र एमालेका लागि तीनकुनेमा प्रदर्शन स्थल तोकिदिएको छ।
बिहीबार बिहानैदेखि काठमाडौँका तीनकुने र बल्खु क्षेत्रमा सवारीको आवागमन बन्द गरिएको छ।



