काठमाडौं– मोबाइल नेटवर्क कमोजर पार्न प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ ।
बल्खुमा दुर्गा प्रसाईंको र तीनकुनेमा युवासंघको प्रदर्शन छ। दुई पक्षबीच झडप नहोस् भनेर सुरक्षा सतर्कता अपनाएको प्रहरीले जामर भेहिकल प्रयोग गरेको हो। प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गर्दै आएको छ ।


