काठमाडौँ- दुर्गा प्रसाईं समूहको विरोध जुलुसमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।
बल्खुचोकबाट प्रदर्शन कालीमाटी छिर्न खोजेपछि प्रहरीले रोकेको थियो। यसपछि झडप भएको हो।
दुर्गा प्रसाईंले जुलुस शहर छिर्ने बताएपछि जुलुस कालीमाटीतर्फ लागेको थियो। तर प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
यसपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो। अहिले स्थिति तनावग्रस्त बनेको छ।
यसअघि एमाले कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको थियो।














