काठमाडौँ- रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध जीवित व्यक्तिको पत्नीलाई एकल भत्ता दिलाएको भन्दै उजुरी परेको छ।
पतिको मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अख्तियार प्रवक्ता भोला दाहालका अनुसार महतोले स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीका जीवित श्रीमानको मृत्यु भएको भनी बदनीयतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाएका थिए।
गलत लिखत तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानिनोक्सानी पुर्याएको आरोपमा दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।


