बर्दिया- बर्दियामा घरभित्र बालेको आगाको धुवाँमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। यीमध्ये तीन जना बालबालिका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा दुई परिवारका चार जनाको निसास्सिएर मृत्यु भएको हो।
स्थानीय भरत चन्दको घरमा बालेको आगोका कारण उनका दुई वर्षीया छोरा कार्तिक चन्द र ७ वर्षीय कृष चन्दको मृत्यु भएको छ।
भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको पनि निसास्सिएर भएको छ। आगलागीमा घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्सपतालमा उपचार भइ रहेको छ।
जाडो छल्नको लागि राति साढे १० बजेतिर उनीहरूले घर भित्र आगो बालेका थिए। झ्यालढोका सबै बन्द भएको कोठामा धुवाँ गुम्सिएका कारण मृत्यु भएको हुनसक्ने एसपी शाहीले बताए।
दुवै परिवारको घर नजिकै थियो। भरत कामका लागि कोहलपुर आएको समयमा दुवै परिवार एकैठाउँ सुत्नका लागि राधा भाउजु करिष्मासँगै आएकी थिइन्।
मृतक र घाइते सबैजना एउटै कोठामा सुतेका थिए। आगाले कोठामा मात्रै क्षति पुर्याएको छ।


