२०८३ कार्तिक १५ गते शनिवार

महिला हिंसाको असर बहुआयामिक हुन्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ११
kalyan

काठमाडौँ-  पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले महिला (लैंगिक) हिंसाको असर बहुआयामिक हुने गरेको बताएका छन्। १६ दिने लैंङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गगत यौन हिंसा पीडितको परिचयात्मक गोपनीयताबारे काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन्।

‘जुनसुकै प्रकृतिका संकटका बेला पनि सबैभन्दा बढी प्रभावित हुने भनेको महिला नै हो। महिला हिंसाको असर बहुआयामिक हुन्छ,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘महिला हिंसाको असर समाजका हरेक तह र तप्कामा परिरहेको हुन्छ। महिला सुरक्षित नहुन्जेल समाज सुरक्षित छ भन्न सकिन्न।’

डिजिटल प्रविधिको विकाससँगै लैंगिक हिंसाका स्वरूप र माध्यम पनि फरक बन्दै गएको उनको धारणा थियो। डिजिटल प्रविधिबाट हुने गाली बेइज्जती र मानहानीका घटना गम्भीर रहेको तर तिनको क्रम बढिरहेको पनि उनको भनाइ छ। डिजिटल हिंसा बढ्दा राज्य, प्रविधि र कानूनबीच असन्तुलन देखिएको उनले धारणा राखे।

‘अहिलेको जमाना डिजिटल राइटको जमाना। त्यसले डिजिटल हिंसा जोखिम धेरै बढाएको छ। व्यक्तिगत गोपनीयताको सम्मान गर्न र त्यसलाई कायम गर्न अहिले बढी जोखिम छ,’ श्रेष्ठले थपिन्, ‘यसमा राज्य, प्रविधि र कानूनको बीचमा हलचल मच्चिएको छ। सन्तुलन हुन सकेको छैन। संस्थाहरुले पनि व्यक्तिगत गोपनीयतालाई दखल दिने गरी प्रविधिको नाउँमा हस्तक्षेप गर्न पाइँदैन।’

मिडियाको प्रकृति कुनै पनि कुरालाई खुलासा गर्न रुचाउने भएपनि त्यसले गोपनीयताको हकको सम्मान गर्न भुल्न नहुने उनको भनाइ थियो। यौंन हिंसा पीडितका समाचार प्रकाशन प्रशारण गर्दा पीडित र तिनका परिवारको गोपनीयता भंग हुन नदिन मिडियाकर्मी चनाखो हुनुपर्ने उनको भनाइ थियो।

मिडियाले जवाफदेहिता नदेखाउँदा यौंन हिंसामा परेका महिलाहरु झन् पीडित बन्ने गरको र पीडितको लागि राज्य संयन्त्र ऐन, कानून कार्यान्वयनमा गम्भीर नहुँदा हिंसा पीडितहरुका लागि असहज भएको तथा मिडियाको पनि जवाफदेहिता कम हुदै गएको उनको भनाइ छ।

हिंसा पीडितको समाचार प्रकाशन प्रसारण गर्दा पीडितको नाम नराख्ने, फोटो नदेखाउने गरेको अभ्यास मिडियाले गर्दै आएपनि पीडितको परिवारजन तथा स्थानको नाम उल्लेख गरिँदिदा त्यसले गोपनीयता भंग हुने गरेको एडभोकेसी फोरमकी अध्यक्ष बबिता बस्नेतले बताइन्। पछिल्लो समय मूलधारका मिडियाले पीडितको गोपनीयता कायम गर्न सहयोग गर्न थाले पनि सामाजिक सञ्जालका कारण धेरै विषयवस्तु लिक हुने गरेको उल्लेख गरिन्। बस्नेतका अनुसार मूलधारका मिडियालाई नियमन गर्न सहज भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ताको व्यवहार नियमन गर्न कठिन हुने धारणा राखिन्।

‘२०५४/५५ सालतिर पीडितको नाम नै उल्लेख नगरे पनि अमुक ठेगाना भएको अमुक व्यक्तिको छोराछोरीसम्म खुलाइदिने अभ्यास मूलधारका पत्रपत्रिकाले नै गर्ने गरेका थिए,’ बस्नेतले थपिन्, ‘पछिल्लो समय मूलधारका मिडियाले पीडितको गोपनीयताको सम्मान गर्न थालेका छन्। तर सामाजिक सञ्जाल चुनौती बनेर खडा भएको छ। केही पीडितहरू आफैँ सामाजिक सञ्जालमा खुल्ने पनि गरेका छन्। केही पीडितलाई भने आफ्नो गोपनीयताको ख्यान नहुने र आवेगमा आएर सबै कुरा खुलासा गरिदिँदा आफैँलाई पछि असहज भएको महसुस गरेका घटना पनि छन्।’

पीडितका कुरा समाचारमा लेख्दा बसै कुराको जानकारी गराएर र स्वीकृति लिएर मात्रै समाचार दिनु पर्ने श्रेष्ठको भनाइ थियो।  ‘पीडित कसैको परिचय उल्लेख गर्न मिल्दैन। कुनै बहादुर महिला हुन सक्छन्, उसले म न्याय माग्दै छु, ममाथि भएको हिंसामा डटेर लाग्ने हो, न्यायका लागि लड्न सक्छु र लडेर देखाउँछु भनेर आफ्नो परिचय खुलाउँछन् भने खुलाउँछन् नत्र भने पीडितले अनुमति नदिएको विषय छाप्ने होइन। अहिले गोपनीयता सम्बन्धी जुन ऐन आएको छ त्यो राम्रै आएको छ,’ श्रेष्ठले भने।

युरोप, अमेरिका र अस्ट्रेलियामा पीडित तथा साक्षीको संरक्षणमा सरकार गम्भीर देखिएको तर नेपाल सरकारले त्यसमा ध्यान दिन नसकेको उनले उल्लेख गरे। पीडित र साक्षीको संरक्षण गर्न ‘क्रस कन्टिनेन्टल सेटलमेन्ट’को अभ्यास अस्ट्रेलियामा रहेको उनको अनुभव थियो।

नेपालमा गोपनीयताको हकबारे संविधानमा उल्लेख गरेपनि सोही अनुसारको कानून बन्न नसक्नु, भएका कानूनको पनि एक त नागरिकलाई जानकारी नहुनु र अर्को कानूनी उपचार पाउन कठिन हुनुले यसप्रति राज्य नै गम्भीर नभएको पुष्टि भएको श्रेष्ठको भनाइ थियो।

मलुकी संहिताको मस्यौदामा आफूले पनि काम गर्ने अवसर मिलेको भन्दै केही विषयलाई त्यसमा समावेश गरेको उनको भनाइ थियो। संविधानमै लेखिएका हकहरु पनि कार्यान्वयन गर्न गराउन राज्य तथा नागरिक नै तत्पर नहुँदा त्यो सबै कागजमै सीमित रहेको उनले धारणा राखे ।

‘हामीसँग भएका ऐन कानूनमा गोपनीयता र गाली बेइज्जती सम्बन्धी सानो परिचय देवानी संहितामा छ। गोपनीयता सम्बन्धी ऐन अविकसित अवस्थामा छ। तर त्यसको बारेमा पनि कसैलाई थाहा छैन,’ उनले भने, ‘प्रयोग पनि कोही गर्दैनन्। हाम्रा राज्यको संयन्त्र गम्भीर भएनन्, राज्यले ल्याएको उपक्रमहरु, ऐन, कानून लेख्नु मात्रै भयो।’

कार्यक्रममा लैंगिक हिंसाका घटनामा आरोपित व्यक्तिको परिचय मिडियामा खुलाइने/नखुलाइनेसम्बन्धी विभिन्न देशको अभ्याससमेतका विषयमा बस्नेतले प्रस्तुती दिएकी थिइन्।

प्रकाशित: २०८० मङ्सिर ११ गते सोमबार ०३:१०
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना