काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरामा रहेको ‘ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालि’लाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिमाना तिराएको छ।
उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले रु एक लाख जरिमाना तिराएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
‘कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिमाना तिराएको हो,’ मानन्धरले भने।
महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए।


