२०८३ कार्तिक २२ गते शनिवार

रुसी सेनाका तर्फबाट युक्रेन युद्ध लडेका तीन नेपालीको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १३
ukraine

काठमाडौँ- रुसी सेनाका तर्फबाट युद्ध लडेका तीन जना नेपालीको मृत्यु भएको छ। मस्कोस्थित नेपाली दूतावासले तीन जना नेपालीको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको जानकारी दिइएको छ।

रुस र युक्रेनबीचको युद्धमा उनीहरू मारिएको रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले काठमाडौँ पोस्टसँगको टेलिफोन सम्पर्कमा भनेका छन्। विस्फोटमा परी उनीहरू मारिएको तुलाधरको भनाइ छ।

उनका अनुसार स्याङ्जा, दोलखा र इलाम ठेगाना भएका तीन युवाको मृत्यु भएको हो। उनीहरू नोभेम्बर १५ मा मारिएको रुसी पक्षको भनाइ छ। मृतकका विषयमा थप विवरण प्राप्त हुने क्रममा रहेको र दूतावासले त्यसका लागि काम गरिरहेको तुलाधरले बताए। मृतकहरुको शव नेपाल ल्याउनका लागि मृतकका परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ।

‘युद्ध क्षेत्रमा भएको विस्फोटमा परी तीन नेपालीको मृत्यु भएको जानकारी रुसी पक्षले दिएको छ। उनीहरूको शव दूतावासले प्राप्त गर्न बाँकी छ। उनीहरूका विषयमा विस्तृत विवरण हामीले रुसी पक्षसँग माग गरेका छौँ,’ तुलाधरलाई उद्धृत गर्दै काठमाडौँ पोस्टले लेखेको छ, ‘हामीले क्षतिपूर्ति दाबीका लागि पनि प्रयास गरिरहेका छौँ।’ परराष्ट्र मन्त्रालयले भने मृतकका विषयमा विवरण दिन इन्कार गरेको छ।

गत अगस्ट १ मा नेपालको परराष्ट्र मन्त्रालयले परम्परागत रूपमा दुईपक्षीय सन्धि भएका बाहेकका देशका सेनामा सामेल नहुन आग्रह गरेको थियो।

रुसी सेनामा नै कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भन्दै उनले आफ्नो रिहाइका लागि आग्रह गरेका छन्।

युक्रेनी गृहमन्त्रीका सल्लाहकार एन्टोन गेरास्चेन्कोले गत महिना पोस्ट गरेको भिडियोमा नेपाली नागरिक विकेकले रिहाइको माग गरेका गरेका छन्। खत्रीको परिवारले पनि उनको रिहाइका लागि परराष्ट्र मन्त्रालयमा आग्रह गरेका छन्।

प्रकाशित: २०८० मङ्सिर १३ गते बुधबार ०८:२१
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना