तनहुँ- धरानबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।
तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टका अनुसार बसमा सवार ३६ जनामध्ये दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा करिब ५५ वर्षीय टोपबहादुर मगर र धनकुटा साँगुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई छन्।
मगरको ठेगाना खुलिनसकेको विष्टले जानकारी दिए। मगरको दमौली अस्पतालमा र राईको रत्नहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विष्टले बताए।
धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस बुधबार बिहान पौने ६ बजे पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा सडकबाट अनियन्त्रित भएर तल खसेको थियो।
घाइते भएका ३४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको विष्टले बताए।उनीहरूलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
दुर्घटनामा घाइते भएका अन्यको दमौली अस्पताल र रत्नहरी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जना डिस्चार्ज भएका छन्।
घाइतेहरूको विवरण
दमौली अस्पतालमा उपचार भईरहेका घाईतेहरु:-
१) जिल्ला धनकुटा सागुरीगढी गा.पा. वडा नं. ८ बस्ने वर्ष २८ को बिक्रम राई
२)जि. ताप्लेजुङ याङबरक गा.पा.वडा नं. ६ बस्ने वर्ष २६ को सचिन्द्र लिम्बु
३) जिल्ला धनकुटा सागुरी गा.पा. वडा नं.७ बस्ने वर्ष ४२ को राम प्र.राई
४)ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष २८ को बोगिन्द्र राई
५) ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष ४५ को टिकाराज राई
मणिपाल शिक्षण अस्पताल पोखरा रिफर भएका घाईतेहरु:-
१)जिल्ला धनकुटा सागुरीगढी गा.पा.वडा नं. ९ बस्ने वर्ष ३८ को सन्तोष कुमार राई ।
२)जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.३१ बस्ने वर्ष ४१ को भोज राज सुनार
३)जिल्ला धनकुटा सागुरीगढी गा.पा. वडा नं. ८ बस्ने वर्ष ४८ को जुनार सिंह राई
४)ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष ४४ को तिर्थ बहादुर राई
५)जिल्ला धनकुटा सागुरी गा.पा.-७ बस्ने वर्ष ५० को लक्षु राई
६) सह-चालक जिल्ला कास्की पो.म.न.पा.-१५ बस्ने वर्ष ३० को अजित परियार
७) जिल्ला सप्तरी महादेब गा.पा.वडा नं. ६ बस्ने वर्ष २५ को शम्भु यादब ।
८) बस चालक जिल्ला प्युठान सरुमहारानी गा.पा.वडा नं. ५ बस्ने वर्ष २३ को होम लाल पल्ली मगर ।
९) जिल्ला धनकुटा सागुरी गा.पा. वडा नं.७ वर्ष ४५ को हरिशचन्द्र राई ।
रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भईरहेका घाईतेहरु:-
१) जिल्ला धनकुटा साबरी गा.पा.वडा नं. ७ बस्ने वर्ष ३० को हमाल प्रसाद राई
२) ऐ.ऐ. बस्ने बर्ष २९ को संदिप राई
३) ऐ. ऐ. वडा नं. ७ बस्ने वर्ष ३५ को लखमन राई
४) जिल्ला मोरङ बिराटनगर म.न.पा.-४ बस्ने वर्ष २६ को आशिष शर्मा
५) जिल्ला धनकुटा सागुरीगढी गा.पा.वडा नं. ७ बस्ने वर्ष ४५ को सबिन राई
६) ऐ.ऐ.वडा नं. ३ बस्ने वर्ष ३६ को नरेन्द्र न्यौपाने
७) ऐ.ऐ. बस्ने वर्ष २९ को बिजय राई
८) ऐ.ऐ.वडा नं. ७ बस्ने वर्ष ४१ को मनिराज राई
९) जिल्ला सप्तरी महादेब गा.पा.वडा नं. ६ बस्ने वर्ष २३ को बिजय यादब
१०) ऐ.ऐ.बस्ने वर्ष १४ को सुमन यादब
११) ऐ.ऐ. बस्ने वर्ष ४९ को आश राई
१२) ऐ.ऐ. बस्ने वर्ष ४६ को तिर्थ राई
१३) ऐ.ऐ. बस्ने वर्ष ४८ को उदेश राई
१४) ऐ.ऐ. बस्ने वर्ष ४२ को सिताराम राई
१५) ऐ.ऐ. बस्ने वर्ष ५२ को शत्रुधन राई
१६) ऐ.ऐ. बस्ने वर्ष २१ को किरण राई
१७) जिल्ला धनकुटा चौबिसे गा.पा.वडा नं. ७ बस्ने वर्ष २४ को सांसद लिम्बु
१८) ऐ. सागुरीगढी गा.पा.-९ बस्ने वर्ष ४१ को प्रशान्त राई
१९) ऐ.ऐ. बस्ने वर्ष ४७ को जय कुमार राई
डिस्चार्ज भएका घाईतेहरु:-
१) जिल्ला सप्तरी महादेब गा.पा.वडा नं. ६ बस्ने वर्ष १५ की प्रिती यादब ।


