२०८३ कार्तिक २२ गते शनिवार

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १३
krishnapur_nagarpalika_kanchanpur2022-10-18-02-39-41

कञ्चनपुर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भई जन्मने बालिकालाई नगरपालिकाले बचत खातामार्फत रु दुई हजार रकम उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको हो ।

गर्भमा रहेका छोरीको भ्रूण हत्या निरुत्साहित गर्न, छोरीमाथिको विभेद हटाउन, छोरीको जन्मदर्ता गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रतनबहादुर बिष्टले बताए।

बालिका स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्र, आमाको नागरिकताको प्रतिलिपि, बालिका जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाल बचत खाता नम्बर, भुक्तानी पाऊँ भन्नेबारे सम्बन्धित बालिकाका आमाको निवेदन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामार्फत दिएमा भुक्तानी दिने व्यवस्था गरिएको बिष्टले बताए।

आर्थिक वर्षको पुस मसान्त र असार मसान्तमा रकम भुक्तानी हुने गरी कार्यक्रम सञ्चालन गरिएको बिष्टको भनाइ छ । ‘कार्यक्रम सञ्चालनपछि छोरीहरूमाथि हुने विभेद हट्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘गर्भमै भू्रण पहिचान गरी छोरा भएमात्र जन्माउने र छोरी भए गर्भपतन गर्ने परिपाटीको अन्त्य गर्नका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास छ ।’ यसबाट छोरीले बाँच्न पाउने अधिकारको सुरक्षा हुने उनको भनाइ छ ।

‘छोरा जन्मिए धेरै स्याहारसुसार गर्ने र छोरी जन्मे त्यही ध्यान नदिने चलन समाजमा विद्यमान छ,’ शाखाप्रमुख बिष्टले भने, ‘कार्यक्रममार्फत उपलब्ध हुने रकमले थोरै भए पनि आमा र जन्मने बालिकाको पोषणका लागि रकम सदुपयोग हुन्छ, त्यसबाट आमा र बालिकाको स्वास्थ्यमा सुधार आउँछ ।’

बिष्टका अनुसार पितृसत्तात्मक समाजको परिणामअनुसार आमाको नागरिकता नबनाउने, छोरीको जन्मदर्ता नगर्ने हेलचेक्र्याइँ गर्ने कार्य पनि हुने गरेका छन् । त्यही भएर अनिवार्य रुपमा आमाको नागरिकताको प्रतिलिपि र जन्मेका छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्रोत्साहन रकमको भुक्तानी पाउनका लागि अनिवार्य रुपमा पेस गर्नुपर्ने नियम बनाइएको छ ।

‘नवजात शिशु अवस्थामा छोरीले आवश्यक स्याहार र उपचार नपाउँदा कुपोषित हुने क्रम बढदो छ’, नगर उपप्रमुख द्रोपती रानाले भने, ‘कुपोषणकै कारण हुने रोगका कारण नवजात बालिकाको बालकको तुलनामा बढी ज्यानै जाने गरेको पाइएको छ, त्यसलाई रोक्न बालिका बचत खाताले सघाउ पुर्‍याउँछ ।’ कार्यक्रममार्फत उपलब्ध हुने रकम जन्मने नवजात बालिका र आमाको पोषणका लागि खर्च होस् भन्ने उद्देश्य राखिएको उनको भनाइ छ ।रासस

प्रकाशित: २०८० मङ्सिर १३ गते बुधबार १२:५३
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना