काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स जानुअघि दाहालले बुधबार राष्ट्रपति भेटेका हुन्।
भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन दाहाललाई आग्रह गरे।
यस्तै राष्ट्रपति पौडेलले कोप-२ड बाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।


