झापा- जंगली हात्तीले आक्रमण गर्दा धनबहादुर वनको मृत्यु भएको छ। रणकाली सामुदायिक वन उपभोक्ता समूहका चौकीदार रहेका ४७ वर्षिय वनको शुक्रबार विहान मृत्यु भएको हो।
जंगलको नियमित रेखदेखका लागि निस्किएका वेला उनको हात्तीसँग जम्काभेट भएको र हात्तिले आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ।


