काठमाडौं- रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्म ‘एनिमलले’ भारत र विश्वबजारमा धुम मच्चाएको छ। शुक्रबार रिलिज भएको फिल्मले विश्वभरमा करिब १२० करोडको ग्रस कलेक्सन गरेको छ। सन्दीप रेड्डी भांगाले निर्देशन गरेको फिल्म ए रेटेड फिल्म हो।
३ घण्टा २१ मिनेट लामो यो फिल्म शाहरुख खानको ‘जवान’पछि सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ। ‘जवान’ले पहिलो दिनमा विश्वभरबाट १२६ करोड ग्रस कलेक्सन गरेको थियो। ‘जवान’लाई एटली कुमारले निर्देशन गरेका थिए।
‘एनिमलले’ भारतमा ६४ करोड नेट (७६ करोड ग्रस) कमाएको छ। अन्तराष्ट्रिय बजारमा ५.५ अमेरिकी डलर कमाएको पिंकभिल्लाले जनाएको छ। रणवीर शाहरुख खान पछि १०० करोडको ग्लोबल ओपनिङ गर्ने दोस्रो अभिनेता बनेका छन्। यो फिल्ममा रणवीरसँगै रश्मिका मन्दाना, अनिल कपूर र बबी देओलको मुख्य भूमिका छ।


