काठमाडौँ – सोमबार देशको पहाडी भूभागमा मौसम सामान्य रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज मधेश बाहेक ६ वटा प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


