काठमाडौँ – हेटौडामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १६ पानीस्वारामा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा १६ का ५६ वर्षीय जित बहादुर थिङ रहेका छन् ।
पानीस्वारा स्थित कच्चा सडकमा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ भिरबाट करिब ३०० मिटर तल खस्दा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।


