सिन्धुपाल्चोक– घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ।
जिल्लाको बाह्रबिसेमा आगो ताप्ने क्रममा काठले बारेको एक तले घरमा आगलागी भएको हो । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका ८ का ४५ वर्षका लोकबहादुर नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिन्डर पड्कँदा घटना भएको जानकारी दिए। आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए।
लोकबहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। क्षतिको अन्य विवरण आउन बाँकी छ।


