काठमाडौं- सन् २०१९ मा प्रशान्त निल र अभिनेता यशको जोडीले ‘केजिएफ’ मार्फत एक इतिहास रचे। ३ वर्षपछि यी दुईले ‘केजिएफ २’ जस्तो ब्लकबस्टर फिल्म दिए। यो फिल्म कोभिड महामारी पछिको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो।
अब निर्देशक निलको फिल्म ‘सलार’ रिलिज हुने क्रममा छ। यही क्रममा उनले ‘केजिएफ ३’का बारेमा पनि कुरा गरेका छन्। उनले भनेका छन्, ‘केजिएफ ३ बन्नेछ। तर यसको औपचारिक घोषणा भने भएको छ। हामीसँग पहिले देखि नै एक स्क्रिप्ट छ। अभिनेता यश जिम्मेवार व्यक्ति हुन्।’
उनले ‘केजिएफ ३’ मार्फत आफूले दर्शकलाई विल्कुलै नयाँ कथा भन्ने बताएका छन्। निर्देशक नीले आफ्नो आगामी प्रोजेक्ट ‘एनटिआर ३१’ हुनेछ। उनले यो फिल्मको सुटिङ २०२४को मध्यतिर हुनेछ। निलको फिल्म ‘सलार’ २२ डिसेम्बरमा रिलिज हुनेछ। फिल्ममा प्रभासको मुख्य भूमिका छ।


