२०८३ कार्तिक ११ गते मङ्गलबार

फेरि किन ‘फायर’ भए बालेन?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २५
balen

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्राय सार्वजनिक रूपमा अभिव्यक्ति दिँदैन्। मेयर बनेपछि सार्वजनिक सञ्चार माध्यममा खुलेर आफ्ना धारणा नराखेको विषयमा उनको आलोचना पनि भइरहेको हुन्छ।

आफूले व्यक्त गर्नैपर्ने अवस्थामा सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्छन्। सामाजिक सञ्जालमा बालेनका केही अभिव्यक्तिमा विवादित पनि बन्छन् भने केही अभिव्यक्तिमा उनले आक्रोश व्यक्त गर्ने गरेका छन्।

शनिबार बिहान पनि उनले एउटा आक्रोश फेसबुकमा व्यक्त गरेका छन्। राजधानीको फोहोर व्यवस्थापनका विषयमा उनले दिएको अभिव्यक्तिप्रति थुप्रै सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्। केहीले बालेनलाई समर्थन गरेका छन् भने केहीले उनको शैली उचित नभएको बताएका छन्।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी बनेका मेयर शाहले राजनीतिक दलका नेताहरूलाई कटाक्ष गर्न सिंहदरबारको फोहोर काठमाडौँ महानगरले नउठाउने भनेर घोषणा गरेका छन्। आफूलाई राजनीतिक दलका नेतृत्वले सहयोग नगरेको ठहरका साथ उनले सिंहदरबारको फोहोर महानगरले संकलन नगर्ने उल्लेख गरेका हुन्। यति मात्र होइन, उनले आफूलाई सहयोग नगरी सिंहदरवार बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने समेत उल्लेख गरेका छन्।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।

महानगरका मेयर बालेन यसरी आक्रोशित बनेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका थिए। यसअघिका आक्रोशका विषय चर्चा गर्नुअघि शनिबार बिहानै उनी किन आक्रोशित बन्नुको पछाडि शुक्रबारको घटनाले भूमिका खेलेको हो। त्यसो भए शुक्रबार के भएको थियो त?

महानगरको मेयर बनेपछि बालेनले अतिक्रमित जग्गा खाली गर्ने अभियान चलाएको छ। उनको यो अभियानमा प्रक्रिया नपुर्‍याइएको भन्दै विरोध भयो। तर उनले आफ्नो अभियान रोकेका छैनन्।

यसैक्रममा शुक्रबार अतिक्रमित जग्गा हटाउनका लागि उनी बागमती किनार गैह्रीगाउँमा डोजर लिएर पुगेका थिए। महानगरले सुरक्षाको माग गर्दै उक्त जानकारी गृह मन्त्रालयलाई पनि गराएको थियो। नगर प्रहरीसहित बालेन सुकुम्बासी बस्तीमा पुगेपछि त्यहाँ बसेका स्थानीयले अवरोध गरेका थिए।

सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि पुगेका थिए। गैह्रीगाउँ सुकुम्बासी बस्ती छिर्ने बाटोमा नै अवरोध गरी नाराबाजी गर्दै बाटोमा टायर बालेर महानगरविरुद्ध विरोध प्रदर्शन भएको थियो। विरोध हुँदाहुँदै मेयर बालेनले बस्ती हटाउन प्रहरीलाई आग्रह गरे। तर प्रहरी बस्ती हटाउन प्रहरी मुभ नै नभएको महानगर स्रोतको दाबी छ।

यसअघि चैत ११ गते महानगरले सुकुम्बासी बस्ती खाली गर्न ७ दिनको म्याद दिएर सूचना जारी गरेको थियो। उक्त सूचनाविरुद्ध उच्च अदालत पाटनमा रिट पर्‍यो। न्यायाधीश धीरबहादुर चन्दको इजलासले उक्त सूचना कार्यान्वयन नगर्न चैत ११ गते अन्तरिम आदेश दिएको थियो। अदालतले चैत २६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। अदालतको आदेशविपरीत शुक्रबारै मेयर साह डोजर लिएर गैरिगाउँ क्षेत्र पुगेका थिए।

अतिक्रमित जग्गा खाली गर्नका लागि सहयोग गर्न मेयर साहले संघ सरकारसँग सहयोग मागेपनि सोचेअनुसार सहयोग नपाएको गुनासो गर्दै आएका छन्। केही दिनअघि मात्र पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी सहयोगका लागि आग्रह गरेका थिए। तर प्रहरीले आवश्यक सहयोग नगरेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

‘केन्द्र सरकारले महानगरलाई सहयोग नगरेपछि महानगरले दबाब दिनका लागि सिंहदरबारभित्रको फोहोर नउठाउने तयारी गरेको मेयर सचिवालय स्रोतको भनाइ छ।

शनिबार नै उनले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टमा संघीय सरकारलाई भारत र चीनले बनाएको सरकार भएको आरोप लगाएका छन्। भारत र चीनले बनाएको सरकारलाई आफूले कुनै इज्जत नगर्ने पनि उद्घोष गरेका छन्। उनले प्रश्न उठाएका छन्, ‘नेपाल स्वाधीन कहिले हुने? आफ्नो अस्तित्व कहिले बनाउने? लाज लाग्दैन?

फागुन १३ गते शनिबार नै मेयर शाहले आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका थिए। ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’

किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्ने चाहिँ उनले खुलाएका थिएनन्। आफू दबाबमा परेको र नगरबासीको ध्यान आकृष्ट गर्न त्यस्तो लेखेको हुन सक्ने धेरैले आकलन गरे।

नेपालस्थित विदेशी दूतावासले पनि सडक अतिक्रमण गरेको तर संघ सरकारले त्यसलाई हटाउन कुनै पहल नगरेको विषयमा पनि बालेनले संघीय सरकारलाई चीन र भारतले बनाएको सरकार भनेर आरोप लगाएको संकेत गरेका छन्। शनिबार नै उनको फेसबुकमा लेखेका छन्, ‘राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ। कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ। तयार बनौँ।’

१२ दिन पैदल हिँडेर चैत १३ गते मिटरब्याज पीडितको टोली काठमाडौं आएको थियो। पीडितले खुलामञ्चमा विरोधका कार्यक्रम गर्ने तयारी गरेका थिए। तर उनीहरूलाई महानगरले त्यहाँ प्रवेश गर्न दिएन। यस विषयमा जिज्ञासा राख्दा उनले तत्काल कुनै प्रतिक्रिया जनाएनन्। बरु साँझमा एउटा स्टाटस लेखेर संघीय सरकारको विरोध गरेका थिए।

‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो । यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो। पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो,’ उनले लेखेको स्टाटसमा उल्लेख थियो। उनले काठमाडौँ महानगरले पीडितको सुरक्षित बसाइका लागि आफूले चासो व्यक्त गरेपनि पीडितले आफूहरूको प्रस्ताव अस्वीकार गरेको बताएका थिए।

फेब्रअरी १७ मा पनि उनले मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनाधिकृततवरले बसिरहेका केहि व्यक्तिहरुले खोलाको बाँध भत्काउन डोजर चलाएको आरोप लगाएका थिए। तर गृह मन्त्रालय र सुरक्षा निकायले सार्वजनिक जग्गा हडप्नेहहरूलाई उल्टै सुरक्षा दिएको बताएका थिए। ‘राज्यको माथिल्लो तह निरिह भएर बसेको छ। गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन,’ उनले भनेका थिए।

मेयर बालेन्द्र शाहले नेताहरूप्रति व्यक्तिगत रूपमा पनि आक्रोश व्यक्त गर्दै आएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलप्रति उनको आक्रोश थियो। एमाले अध्यक्ष ओलीले आफ्नो अभियानविरुद्ध अभिव्यक्ति दिएको भन्दै बालेन आक्रोशित भएका थिए।

‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ। तपाईबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन,’ बालेनको स्टाटसमा उल्लेख थियो, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन। सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो। त्यो पनि राजनीतिक स्वार्थवश्।’


गत साउन ३१ गते बालेनले हालका प्रचण्डप्रति सामाजिक सञ्जालमार्फत आक्रोश थिए। सडकको दुरवस्थाको फोटो राख्दै उनी आक्रोशति भएका थिए। ‘बाटोको यस्तो हविगत बनाउने व्यक्तिको घरमा अंगरक्षकजस्तै बसेर कुन नैतिकताले देश बनाउँछु भन्नु’ भन्दै प्रश्न गरेका छन्।
उनले उपत्यकाको फोहोर लैजान प्रयोग हुने ककनीको बाटो विगत ८ वर्षदेखि बिगार्ने मान्छेलाई नै प्रचण्डले संरक्षण गरेको मेयर शाहको आरोप थियो।

उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, ‘प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’

यस अघि पनि निर्माण व्यवसायी रहेका प्रचण्डका घर बेटीले समयमा सडक निर्माण पुरा नगरेको भन्दै विभिन्न स्थानमा विरोध गरिएको थियो।

अमेरिकी राजदूतसँग भेटको विषयमा प्रश्न उठाएपछि बालेनले एमाले नेता भीम रावललाई जवाफ फर्काएका थिए।

प्रकाशित: २०७९ चैत २५ गते शनिवार ०२:३२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना