२०८३ कार्तिक २२ गते शनिवार

प्रधानन्यायाधीशको दाबी- न्यायपालिका लयमा फर्किएको छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २१
bishwambhar_shrestha_CJ

त्रिशूली (नुवाकोट)- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको दाबी गरेका छन्। बिहीबार नुवाकोट जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई समयसापेक्ष अनुरुपको परिर्वतन र आधुनिक प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई तदारुकता दिइएको दाबी गरेका हुन्।

‘आफू प्रधानन्यायाधीश भएको तीन महिनामा अदालतको आन्तरिक र बाह्य कार्य वातावरण अनुकूल बनेको छ,’ उनले भने, ‘न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता देखिएको छ ।’

नयाँ दर्ताको तुलनामा मुद्दाको फछ्र्यौट धेरै हुनु, दुई वर्ष नाघेका मुद्दा शून्यमा ल्याउने प्रयास जारी रहनु, सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित बनाउनुलाई न्यायलयमा सुधारका रूपमा लिन सकिने प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ।

‘न्यायालयमा रिक्त न्यायाधीशको पदपूर्ति, ‘भिडियो कन्फरेन्सिङ’मार्फत बहस तथा पैरवीको सेवा हाल छवटा न्यायालयमा रहेकाले त्यसको विस्तार भइरहेको छ,’ उनले भने। उनले काठमाडौँ जिल्ला अदालतमा सुरु भएको ‘पारिवारिक इजलास गठन’ सहितको सेवालाई थप अन्य न्यायालयमा विस्तार, अदालत प्रवेशमा ‘पास’को व्यवस्था, उच्च अदालतमा पेसी तोक्ने कार्यलाई छिट्टै स्वचालित बनाउने तयारीलगायतलाई न्यायालयमा आगामी दिनमा थप सुधारको सङ्केत रहेको उल्लेख गरे।

‘न्यायपालिकाले छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने तथा सुशासनको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न प्रतिबद्ध छौँ,’ उनको भनाइ थियो।

कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले अदालतको सेवा जनताको मौलिक हकसँग जोडिएकाले शीघ्र र विश्वसनीय सेवा प्रवाह मुख्य लक्ष्य रहेको बताए। अन्यायमा परेकाका लागि न्यायालयप्रतिको भरोसा गुम्न नदिई सत्य, निष्पक्ष र यथार्थ कार्यसम्पादनमा न्यायलय प्रतिबद्ध रहेको मुख्य न्यायाधीश निरौलाको भनाइ थियो।

नुवाकोट जिल्ला अदालतको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत नयाँ भवन रु नौ करोड ६१ लाखमा निर्माण गरिएको हो।

करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ भवनको तीन तलामा ३४ वटा कोठा छन्। नुवाकोट जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीका अनुसार नवनिर्मित नयाँ भवनमा बाल इजलाससहितको दुई इजलासलगायत न्यायालयका लागि आवश्यक संरचनाले भरिपूर्ण छन्।

प्रकाशित: २०८० मङ्सिर २१ गते बिहिबार ०६:२८
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना