काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत २०औं खेलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।
ललितपुर र चितवन दुवैको यो पाँचौ खेल हुनेछ। दुवैलाई आजको खेल जित्दै अगाडि बढ्ने मौका छ। आजको खेलमा विजयी भए ललितपुर शीर्ष स्थानमा पुग्नेछन्।
चार मध्ये १ जित र ३ बराबरीबाट ६ अङ्क जोडेको ललितपुर चौथो स्थानमा छ। यस्तै ४ मध्ये एक जित र २ बराबरी बाट ५ अङ्क जोडेको चितवन पाँचौ स्थानमा छ।


