२०८३ कार्तिक १४ गते शुक्रबार

२०० नट आउट! सलाह, धमका अनि गोल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २५
salaha

काठमाडौं- जब ब्रेन्टफोर्डको मिडफिल्डले बलमाथिको नियन्त्रण गुमायो, तब प्रशिक्षक थोम फ्रयांकलाई अब के हुँदैछ भन्ने थाहा भइहाल्यो। जस्तोकी-लिभरपुलको काउन्टर अट्याक। मोहम्मद सलाहको खुट्टामा बल अनि सिटक प्रहार। उनी गलत थिएनन्।

डार्विन नुनेजले दिएको पासमा सलाहले बिना कुनै गल्ती बललाई जाली चुमाए। पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा लिभरपुल १-० ले अग्रता लियो। सलाहले अर्को गोल थपे अनि लिभरपुलले सहज जित निकाल्यो। यद्यपी लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले खेलपछि सलाहको भन्दा ब्रेन्टफोर्डका प्रशिक्षक फ्रयांकको प्रसंशा गरे। उनले भने, ‘२० वर्ष पहिला, जब मैले कोचिङ करियर सुरु गरेको थिएँ। त्यो बेला म यस्तो टिम बनाउन चाहान्थेँ, जसका विरुद्ध कोही पनि खेल्न नचाहोस्। आज हामीले त्यस्तै टिमको सामना गर्‍यौं।’

जब फ्रयांक मिडिया सामु आए। उनले ब्रेन्टफोर्डका बारेमा होइन खेलका हिरो सलाहका बारेमा ध्यान केन्द्रित गरे। ‘मो सलाह…’ उनको आवजमा सम्मानभाव सुनिन्थ्यो। ‘क्लोपले मेरो धेरै प्रसंशा गरिरहेका छन्। मलाई थाहा छैन-सलाहलाई पर्याप्त प्रसंशा मिल्छ वा नाई। मलाई लाग्छ उनी प्रिमियर लिगका सर्वश्रेष्ठ खेलाडी हुन्। जब यस्ता खेलाडीको सामना गर्नुपर्छ तब समस्या भइहाल्छ।’

निःशन्देह सलाहको क्लिनिकल फिनिस आश्चर्यजनक थियो। क्लोप आफैंले भनेका थिए- जब बल ब्रेन्टफोर्डको बक्स भित्र सलाहको खुट्टामा पर्‍यो। त्यसपछि अब के हुन्छ? भन्नेमा कुनै शंका थिएन। किनकी सलाह लिभरपुलको शिर्ष गोलकर्ता बन्ने दौडमा थिए। सलाहले अद्भुत फुटबल खेलिरहेका छन्। त्यसैले त प्रशिक्षक फ्रयांक उनले पर्याप्त श्रेय पाउन नसकेको बताउँछन्।

याद राख्नुस्, सलाहले यस वर्षको बालोन डि’ओरको भोटमा शिर्ष १० मा पनि स्थान बनाउन सकेका थिएनन्। यसो हुनुमा कसैले तर्क गर्न सक्छ- गत सिजन लिभरपुलका लागि निराशाजनक रह्यो। विश्वकपमा इजिप्ट छनौट हुन सकेन। त्यसको असर सलाहका लागि बालोन डि’ओरमा पर्‍यो। यद्यपी यो व्यक्तिगत पुरस्कार हो। यसका लागि एक विशेष प्रकारको आवश्यकता रहन्छ। जस्तो कि संघर्षरत टिमलाई उकास्नु। सलाहले विल्कुल यस्तै गरेका थिए। गत सिजन यूरोपका शिर्ष पाँच लिगका सबै प्रतियोगितामा सलाहले ४६ गोल गरेका थिए। उनले भन्दा धेरै गोल गर्ने दुई खेलाडी मात्रै थिए। पेरिस सेन्ट जर्मेनका केलियन एमबाप्पे (५०) र म्यानचेस्टर सिटीका एर्लिङ हल्यान्ड (६१)।

तरपनि सलाह बालोन डि’ओरका मतदाताका प्राथमिकतामा परेनन्। उनी सन् २०२१ मा सातौं स्थानमा थिए। त्यो बेला उनले प्रिमियर लिगमा औसतमा १ खेल बराबर एक गोल गरिरहेका थिए। म्यानचेस्टर सिटी जस्तो टिम विरुद्ध उनले शानदार एकल स्ट्राइक गरिरहेका थिए। जब उनको र्‍यांकिङ बारे सोधियो। मुस्कुराउँदै उनले भनेका थिए- यसमा मेरो कुनै टिप्पणी छैन। जबकी क्लोपले भनेका थिए- निश्चितरुपमा सलाहको र्‍यांकिङ अझै माथि हुन पर्थ्यो।

इंग्लिस फुटबलका पण्डित एलन शियरर भने निकै रिसाएका थिए। उनले भनेका थिए- सलाहले प्रत्येक साता, प्रत्येक वर्ष जादु गरिरहेका छन्। उनी सातौं स्थानमा कसरी रहे? यसको अनुमान कसैलाई छैन। सलाह यो समयमा विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्। सर्वश्रेष्ठ गोलस्कोरर, सर्वश्रेष्ठ खेलाडी।

‘गोल मसिन’

प्रशिक्षक क्लोपका शब्दमा सलाह ‘गोल स्कोरिङ मेसिन’ हुन्। ४६ मिलियन डलरमा रोमाबाट लिभरपुल आएपछि सलाहले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले सात सिजनमा ४८ भन्दा कम गोल गरेका छैनन्। चोट वा बिरामीका कारणले उनले केवल तीन प्रिमियर लिग खेल गुमाएका छन्। जुन आश्चर्यजनक तथ्यांक हो, अद्भूत व्यवसायिकताको प्रमाण पनि।

लिभरपुलका कप्तान भर्जिन भान डाइकका अनुसार सलाह आफ्नो काम र सहनशक्तिका हिसाबले सबैभन्दा अलग छन्। लिभरपुलका फिटनेस र कन्डिसनिङका प्रमुख एन्ड्रियास कर्नमेयर भन्छन्- यदी सलाहलाई प्रशिक्षण भन्दा ३० मिनेट पहिला बोलाइयो भने उनी एक घण्टा अघि आइपुग्छन्।

सहायक प्रशिक्षक पेप लिजेन्डर्स सलाह घर जान्छन् वा जाँदैनन् भन्ने कुरा निश्चित गर्न सक्दैनन्। ‘उनको कार सँधै पार्किङमा देखिन्छ। कहिले काहिँ त लाग्छ उनले जानिबुझिकन यस्तो गर्छन्।’

सत्य जे सुकै होस्, सलाह छन् नै यस्तै। क्लोपका सहायक पिटर क्रविटन्ज भन्छन्-सलाह सँधै टिमका लागि उपलब्ध हुन्छन्। जसका कारण उनी अमूल्य छन्। उनले लिभरपुल एफसी डकमसँग भनेका छन्, ‘एक खेलाडीकारुपमा यो सबैभन्दा राम्रो कुरा हो। उनी हरदिन यथासम्भव फिट रहन चाहान्छन्। किनकी उनी हाम्रा लागि उपलब्ध हुन चाहान्छन्। उनी धेरै गोल गर्न चाहान्छन् र गोल्डेन बुट जित्न चाहान्छन्।’

आफ्नो खेल कौशलकाप्रति सलाहमा आश्चर्यजनक समर्पण देखिन्छ। जसको पुष्टि परिणामले गर्छ। सेलहर्स्ट पार्कमा शनिवार भएको क्रिस्टल प्यालेस विरुद्धको खेलमा लिभरपुलले २-१ गोलको कमब्याक जित निकाल्यो। त्यो खेलमा सलाहले गोल गरे। योसँगै लिभरपुलका लागि उनले ३२७ खेलमा २०० गोल पुरा गरे। प्यालेस विरुद्धको गोल उनको करियरको १५०औं प्रिमियर लिग गोल पनि थियो।

उनी क्लबका सर्वकालिन प्रिमियर लिगका शीर्ष गोलकर्ता हुन्। उनले इतिहासका अन्य खेलाडीको तुलनामा लिभरपुलका लागि यूरोपियन प्रतियोगितामा पनि धेरै गोल गरेका छन्। सलाह लिभरपुलका दुई शिर्ष गोल कर्ता इयान रश र रोजर हन्ट भन्दा चाँडो गोल गर्ने खेलाडी हुन्। सलाहको प्रति खेल गोल अनुपात ०.६१ छ भने इयान रशको ०.५२ र हन्टको ०.५८ छ। यी दुवै आइकनिक ९ नम्बर जर्सीधारी खेलाडी थिए।

लिभरपुलका पूर्व खेलाडी तथा फुटबल पण्डित जेमी कारघेरले एकपट स्काई स्पोर्ट्ससँग भनेका थिए- गोल र असिस्टको मामलामा इतिहासमा लिभरपुलका अन्य खेलाडीको तुलनामा सलाह अघि छन्।

लिभरपुलका लिजेन्डका सूचीमा सलाह कुन स्थानमा छन्, यो भन्न मुस्किल हुनेछ। तर अहिलेसम्म उनले किङ केनी डाल्ग्लिशलाई  पछि पारिसकेका छैनन्। डाल्ग्लिशले मर्सीसाइडमा आफ्नो खेलाडी जिवनमा ६ लिग उपाधि र तीन यूरोपियन कप जितेका थिए। स्टेभन जेरार्ड पनि लिभरपुलका एक आइकन हुन्। जेरार्ड मिडफिल्डर थिए अनि कप्तान पनि। सन् २००५ मा लिभरपुलले च्याम्पियन्स लिग जित्दा उनले गरेको प्रदर्शनले उनको महानता दर्शाउँछ।

म्यानचेस्सटर युनाइटेडका लिजेन्ड पल स्कोल्सका शब्दमा जेरार्डले आफ्नो पुरै करियर क्लोप जस्तो प्रशिक्षकको नेतृत्वमा खेल्ने मौका पाएको भए अनगिन्ती उपाधि जित्न सक्थे। यद्यपी जेरार्डले कहिलै प्रिमियर लिग उपाधि जित्न  भने सकेनन्।

सलाहले प्रिमियर लिगमा लिभरपुलका सर्वश्रेष्ठ खेलाडीको उपाधि दावी गर्न सक्दैनन्। तर उनलाई प्रिमियर लिगमा अहिलेसम्म देखिएका सबैभन्दा महान आक्रमक प्रतिभा भने मान्न सकिन्छ। युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनेन्डले भनेका छन्- उनी प्रिमियर लिगमा अहिलेसम्म देखिएका सर्वश्रेष्ठ गोल स्कोररमध्येका एक हुन्। उनी एक शानदार खेलाडी हुन्। उनमा जो आत्मविश्वास छ, त्यसले उनलाई समान्य खेलाडी भन्दा अलग बनाएको छ।

एनफिल्डमा आएपछि सलाह आएपछिको समयलाई हेर्ने हो भने उनी भन्दा धेरै गोल कुनै पनि खेलाडीले गर्न सकेका छैनन्। ह्यारी केनले १६९ गोल गरेर दोस्रो स्थानमा छन्। शियरर, एन्डी कोल, सर्जियो अग्यूरो, इयान राइट, डेडियर ड्रोग्बा र वायन रुनी प्रमियर लिगका शानदार खेलाडी हुन्। तर उनीहरु मध्ये कोही पनि सलाहको झैं गोल गर्न माहिर थिएनन्।

सलाह भर्सेस हेनरी 

थिएरी हेनरी आइकनिक ९ नम्बर जर्सीधारी विश्वस्तरीय विंगर थिए। अहिले हेर्ने हो भने सलाहका दुई जना मात्रै सम्भावित प्रतिद्वन्द्वी छन्, क्रिस्टियानो रोनाल्डो र थियरी हेनरी। रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा लामो समय खेलेनन्। जब उनी उत्कृष्ट फर्ममा थिए, तब रियल मड्रिड गए। म्यानचेस्टरमा सबैभन्दा शानदार सिजन बिताएको एक साल पछि नै उनले ओल्ड ट्राफोर्ड छाडेका थिए। तर हेनरीले आर्सनलाई आफ्नो सर्वश्रेष्ठ समय दिए।

उनले नर्थ लन्डनमा आठ सिजनसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए। उनलाई आर्सेन वंगेरले विश्वका सबैभन्दा खतरनाक विंगरमा बदलेका थिए। जसरी क्लोपले सलाहलाई बनाएका छन्। यी दुईमा धेरै समानता पनि देखिन्छन्।

बालोन डि’ओरमा पनि हेनरीका आफ्नै समस्या थिए। अर्सनलका सर्वकालिन सर्वाधिक गोलकर्ता हेनरी एक रोमान्चक प्रतिभा थिए। उनी निस्वार्थ खेल खेल्थे। उनी एक मात्रै खेलाडी हुन्, जसले २००२-०३को सिजनमा २० भन्दा धेरै गोल र २० भन्दा धेरै असिस्ट गरेका थिए। तर त्यो वर्षको बालोन डि’ओर पावेल नेडवेडले किन जिते, यो एक रहस्य बनेको छ।

हेनरीले आर्सनमा च्याम्पियन्स लिग जित्न भने सकेनन्। तर सलाहले सन् २०१९ मा च्याम्पियन्स लिग जितेका छन्। हेनरीले दुई प्रिमियर लिगको उपाधि जित्दा चार पटक गोल्डेन बुट जिते। यी दुवै मामलामा हेनरी सलाह भन्दा अघि देखिन्छन्।

३१ वर्षका सलाहले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन्। यसरी हेर्ने हो भने उनले हेनरीका उपलब्धीसँग बराबरी वा त्यसलाई उछिन्ने सम्भावना छ। यसमा सलाहले चालू सिजनको अन्त्यमा साउदी अरब जाने फैसला गर्छन् वा गर्दैनन् भन्ने कुराले पनि निर्भर गर्छ। उनको गति धिमा हुने कुनै संकेत देखिँदैन। उनी एनफिल्डमा आएको सात वर्ष भन्दा धेरै समय बितिसकेको छ। तर कथा उस्तै छः सलाह, धमका र गोल।

(यो सामग्री गोल डकमबाट भावनूवाद गरिएको हो।)

प्रकाशित: २०८० मङ्सिर २५ गते सोमबार ०३:०८
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना