२०८३ कार्तिक २२ गते शनिवार

दाजुभाइको विवाद मिलाइदिन्छु भन्दै २ लाख घुस, पोखरा न्यायिक समिति सदस्यले दिइन् राजीनामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

पोखरा, मङ्सिर २६
bhawana

पोखरा- पोखरा महानगरपालिका अन्तर्गतको न्यायिक समितिकी सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन्। रु दुई लाख घुस लिएको आरोप लागेपछि उनले राजीनामा दिएकी हुन्।

पोखरा-२६ को विजयपुरस्थित जग्गा विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको आरोप लागेको छ। रुपा गाउँपालिकामा कार्यरत कर्मचारी रविनकुमार श्रेष्ठले दिएको उजुरी पोखरा न्यायिक समितिमा पुगेको थियो।

सोही विवाद मिलाइदिने भन्दै समिति सदस्य भावनाले २ लाखको चेक लिएको आरोप लागेको हो। श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन्। गुरुङले उक्त आरोपको खण्डन गरेकी छिन्।

दुई लाख रुपैयाँ लिएको आरोपमा विवादित भएपछि पोखरा-९ की वडा सदस्यसमेत रहेकी श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी छिन्। श्रेष्ठले शनिबार नै म्यासेन्सजरमा राजीनामा पठाएको उपमेयर तथा न्यायिक समितिकी गुरुङले बताइन्।

‘राजीनामा पत्र आएको छ,’ गुरुङले नेपाल क्लिक्ससँग भनिन्, ‘म त्यहाँ बस्न नसक्ने भएकाले राजीनामा दिएको भन्नु भएको छ। विस्तृत कारण खुलाउनु भएको छैन।’

न्यायिक समितिको पहिलो कार्यकालबाट नै रविनकुमारको जग्गाको विवाद समितिमा आएको थियो। अंश पाएको जग्गामा रविनकुमारका दाजुभाइबीच विवाद थियो।

अंशमा बाटोतर्फको जग्गा रविनका भाइलाई परेकोले आफूले पनि जग्गामा पुग्नका लागि बाटो खुलाइपाउँ भन्दै रविनले समितिमा उजुरी दिएका थिए।

यसपछि समिति सदस्य भावनाले भने दुई मिटर बाटो कायम गराइदिने तर त्यसका लागि आफूलाई २ लाख चाहिने भन्दै उक्त रकम घुस लिइन्। तर न्यायिक समितिले भने उनले दिएको शर्तअनुसार बाटो कायम गर्ने निर्णय गरिदिएन। बरु कृषि कर्मका लागि भनेर ३ फिटको बाटो उपलब्ध गराउने निर्णय गरिदियो। समितिको यो निर्णयमा रविनले चित्त बुझाएनन्।

आफूले भनेअसनुसारको बाटो कायम गराउने निर्णय समितिबाट नभएकाले आफूले दिएको दुई लाख रकम उनले फिर्ता माग गरेका थिए। यो विषयमा गण्डकी छड्केले शुक्रबार राति प्रसारण गरेपछि भावनाले शनिबार समितिकी संयोजक मञ्जुको म्यासेन्जरमा राजीनामा पठाएकी हुन्।

भावनाको राजीनामा आएपछि उपप्रमुख मञ्जुले न्यायिक समितिको बैठक राखेकी थिइन्। भावनाको राजीनामालाई कार्यपालिकामा पेस गर्ने र छानबिन गर्न सिफारिस गर्ने निर्णय समितिले गरेको उपप्रमुख मञ्जुले जानकारी दिइन्।

प्रकाशित: २०८० मङ्सिर २६ गते मङ्गलबार ११:५५
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना