काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेका कम्पनीलाई खारेज गरेको छ।
खारेज हुने कम्पनीमा युनाइटेड टेलिकम लिमिटेड्, पुतलीसकड, म्याक्स नेट सोलुसन प्रा. लि. कोटेश्वर र चितवन नेटवर्क प्रा. लि रहेका छन्।
प्राधिकरणले सूचना प्रकाशित गदै समयावधि भित्र नवीकरण वापतको दस्तुर दाखिला नगरेकाले दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा ५ बमोजिम स्वत खारेज भएको जनाएको छ।
सूचना प्रकाशित भएको ३० दिन भित्र तिर्न पर्ने रकम तथा विवरणहरू बुझाउन पनि प्राधिकरणले अनुरोध गरेके छ। साथै अन्यथा कानुन अनुसार कारवाही हुने सूचनामा उल्लेख गरिएको छ।



