काठमाडौँ- यो वर्षको उल्का वर्षा नेपालबाट पनि हेर्न पाइने भएको छ। नेपालमा मौसमले साथ दिएको अवस्थामा देशभरबाट उल्का वर्षा खाली आखाँले नै देख्न सकिने छ।
नासाले यस वर्षकै उत्कृष्ट उल्का वर्षा नाम दिएको छ। आज देखिने उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ।
आकासमा आगोको गोला जस्तो रंगीचंगी वस्तु तलतिर खसिरहेको देखिने छ। यो रोचक खगोलीय घटना हो। मिथुन राशि तिरबाट आएको देखिने भएकाले यो वर्षालाई वैज्ञानिकहरूले ‘जेमिनिड्स’ नाम दिएका छन्।
नेपालमा मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिने छ। बिहान ३/४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न पाइने छ।
नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ ।


