काठमाडौँ- जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन्।
बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो। अदालतका नायव सुब्बा राजन खड्काका अनुसार एकैदिनमा हालसम्म बढीले बिहीबार बिहे गरेका हुन्।
मङ्सिर महिनामा मात्र जिल्ला अदालत काठमाडौँमा २ सय ८६ जोडीले कानुनी विवाह गरेका छन्।
बेहुलाबेहुलीका साक्षी अदालतमा उपस्थित भएर गर्ने विवाहप्रतिको आकर्षण बढिरहेको छ।


