काठमाडौँ- नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।
खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुने छ। ललितपुर सिटी अङ्क तालिकाको दोस्रो नम्बरमा छ। यस्तै, झापा अङ्कतालिकाको छैटौँ नम्बरमा छ ।
हालसम्म खेलेका ५ खेलमा ललितपुरले २ खेलमा विजय हासिल गरेको छ भने ३ खेल बराबरी खेलेको छ। तर, झापाले भने १ खेल मात्र जितेको छ। ३ खेल बराबरी खेलेको झापाले १ खेल हारेको छ।
ललितपुर सिटीको ९ अङ्क रहेको छ भने झापाको खातामा हालसम्म ६ अङ्क मात्र छ।
बिहीबार भएको खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ।
धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो।


