काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन्।
राष्ट्रपतिसँग भेटका लागि शनिबार बिहान उपराष्ट्रपति यादव राष्ट्रपतिभवन शीतलनिवासमा पुगेका थिए।
भेटमा मुलुकको समसामयिकलगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।


