काठमाडौँ- नेकपा एमालेको मध्यपहाडीयात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन्।
पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल-भारत सीमाक्षेत्र चिवाभञ्ज्याङ पुगेका हुन्।
बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो।


