काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)मा आज काठमाडौँ रेजर्स र धनगढी एफ.सी भिड्दै छन्। त्रिविको दीक्षान्त कार्यक्रमका कारण हिजो हुने खेल आजलाई सारिएको थियो। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छ।
अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौँले उपाधि जितेको थियो। यसपटक भने तालिकामा काठमाडौँ भन्दा धनगढी अगाडि छ। ५ खेलबाट ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको काठमाडौँ चौथो स्थानमा छ।
यसअघिको खेलमा वीरगञ्ज युनाइटेड एफसीलाई २-१ ले हराउँदै पोखरा थन्डर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्।


