काठमाडौँ- बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
सोमबार बिहान ६ बजेर ५२ मिनेट जाँदा बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ३ दशमलव ५ म्याग्निच्युड मापन भएको जनाएको छ।
बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।


