२०८३ कार्तिक १२ गते बुधबार

प्रस्तावित ६ न्यायाधीश सुनुवाइ सकियो, कसले के भने?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २
sunil_pokharel
संसदीय सुनुवाई समितिकाे साेमबार बसेकाे बैठकमा सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पाेखरेल सांसदहरूले उठाएका जिज्ञासाकाे जवाफ दिँदै। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ– सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ। तीन दिन लगाएर संसदीय सुनुवाइ समितिले सुनवाइ पूरा गरेको हो।

सोमबार सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ भएको हो। आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ भएको थियो भने शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ भएको थियो।

न्यायपरिषद्ले सर्वोच्चमा सिफारिस गरेकामध्ये ढुङ्गाना प्रधानन्यायाधीशको रोलक्रममा रहने गरी सर्वोच्च प्रवेश गर्न लागेका हुन्। सुवेदी, अजिज, पौडेल र ढुङ्गाना चारै जना उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल कानुन व्यवसायबाट न्याय मूर्तिको कुर्सीमा आसीन हुन लागेका हुन्।

पोखरेलले आफू सर्वोच्चको न्यायाधीशमा अनुमोदन भए अन्याय हुन नदिने प्रतिबद्धता गरेका छन्। ‘मेरो हातबाट अन्याय हुँदैन,’ पोखरेलले भने, ‘न्यायाधीशका रूपमा हाम्रो भूमिका भनेको ‘न्यायको नजिक पुग्नु हो।’

सोमबार नै सुनुवाइ समितिमा पुगेका अर्का प्रस्तावित न्यायाधीश ढकालले पनि आफू मानसिक रूपमा नै न्यायाधीश बन्न तयार भएर सर्वोच्च जान लागेको बताएका थिए। ढकालले भने, ‘इजलासमा गएपछि हामीले हेर्ने भनेको संविधान र कानुन हो।’

प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ शुक्रबार भएको थियो। सारंगाविरूद्ध ६ उजुरी थिए। सुनुवाईका क्रममा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता गरेका थिए। हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केही मान्छे असन्तुष्ट हुनु स्वाभाविक हुने बताएका उनले त्यसैलाई अदालत प्रभावित भन्नु उपयुक्त नहुने बताएका थिए। न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुर्‍याउने उनको धारणा थियो।

मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाए। न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको उनको भनाइ थियो।

न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो।

प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले राजश्व न्यायधीकरणको अध्यक्ष हुँदा आफूले कुनैपनि धरौटी नपुगेको मुद्दामा फैसला नगरेको जिकिर गरेका थिए। उनीविरुद्ध पुष्पप्रसाद गुरागाईंले ‘न्याय मार्ने व्यक्ति’को आरोप लगाएका थिए। उक्त आरोप ढुंगानाले झुटो भएको बताएका थिए।
शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायाधीश पदका लागि हुने सुनुवाइका लागि पुगे मसुलमानलाई नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुद्दाको चाप घटाउने विषयमा जिज्ञासा राखेका थिए।
‘न्यायाधीशले आफ्नो काम गर्नुपर्‍यो। न्यायाधीशले गफ गर्ने होइन। आफ्नो इजलासमा परेका मुद्दामा लाग्ने,’ उनले भने, ‘चार बजेसम्म ‘कजलिस्ट’मा लागेपछि मुद्दाको चाप घट्छ। अल्छी गर्नुभएन। पन्छाउनु भएन। मेहनत गर्नुपर्‍यो। त्यसरी नै मुद्दा घटाउन सकिन्छ।’

प्रस्तावित ६ जनै न्यायाधीशको संसदीय सुनुवाइ सकिएपनि निर्णय भएको छैन। उनीहरूलाई न्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने विषयमा पुस ४ गते समितिको बैठक बोलाइएको छ।

प्रकाशित: २०८० पुस २ गते सोमबार ०८:४३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना