२०८३ कार्तिक १२ गते बुधबार

‘मेस्सी र रोनाल्डोको स्तरमा छन् हाल्यान्ड’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २६
haaland epl game arcobat
इर्लिङ हालान्डले पछिल्लो तीन खेलमा १० गोल गरेका छन्।

काठमाडौं – पछिल्लो खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ४–१ ले हराउँदा युवा फरवार्ड इर्लिङ हाल्यान्ड चोटका कारण टिमबाहिर थिए। तर शनिबार राति कमब्याक गरेका उनको सानदार प्रदर्शनमा सिटीले साउथह्यामटनविरुद्ध उसकै मैदानमा उतिनै फराकिलो जित निकालेको छ।

खासगरि हाल्यान्डको बाइसाइकल किकले गएराति साउथह्याम्टनका घरेलु समर्थकलाई स्तब्ध बनाएको थियो भने सिटीका समर्थकलाई रोमाञ्चक। ‘हामीले दुई दशकसम्म क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको खेल हेरेर वितायौँ। हाल्यान्ड ति खेलाडीको स्तरका खेलाडी हुन्,’ हाल्यान्डबारे प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन्, ‘खासगरी त्यो दोस्रो गोल धेरै अचम्मको रह्यो। आकासमा बल नियन्त्रणमा लिएर त्यसलाई घाँससम्म पुर्याउनु कठिन काम हो।’

साउथह्याम्टनको सेन्ट म्यारी रंगशालामा भएको खेलमा सिटीका लागि हाल्यान्डले दुई गोल गरेका थिए। उनले पहिलो हाफको अन्तिम मिनेटमा केभिन डिब्रुएनाबाट पाएको क्रसलाई हेडरमार्फत् गोल गरेर सिटीलाई अग्रता दिलाए।

हाल्यान्डकै पासमा ज्याक ग्रिलिसले ५८ औं मिनेटमा अग्रता दोब्बर बनाए भने हाल्यान्डले नै ६८ औं मिनेटमा स्कोरलाई ३–० मा पुर्याएका थिए। ग्रिलिसले बायाँबाट दिएको बललाई उनले सुन्दर ढंडबाट गोल गरेका थिए। ‘एक्रोब्याटिक’ प्रहार गरेका उनले आफ्नो चर्चित योगा अभ्यास गरेर गोल सेलिब्रेसन गरेका थिए।

‘मलाई लाग्छ हाम्रो क्लबले उनलाई यस्तै खेलका लागि किनेको थियो। हामीले आज आफ्नो उत्कृष्ट खेलेका थिएनौँ तर उनी उच्च फर्ममा थिए,’ ग्वार्डिओलाले खेलपछि भने। हाल्यान्डले अहिलेसम्म प्रिमियर लिगमा ३० गोल पुरा गरेका छन् भने सिजनभरी ४४ गोल गरिसकेका छन्। प्रिमियर लिगका कुनै पनि खेलाडीले भन्दा छिटो – २७ खेलमा ३० गोल – हाल्यान्डले गरेका छन्।

पहिलो सिजनमै ३० गोल पुर्याउने तेस्रो खेलाडी हुन हाल्यान्ड।

‘उनले धेरै गोल गरिरहेका छन्। यदी हामीले अवसर बनाइरहने हो भने उनी गोलका लागि जहिल्यै त्यहाँ हुनेछन्,’ खेलपछि केभिन डिब्रुएनाले भनेका छन्। के डिब्रुएनाले चाहिँ एक्रोब्याटिक प्रहार गर्न सकलान् त ? उनले जवाफमा व्यंग्य गरेका छन्, ‘मैले त्यसरी गोल गरेको देख्न पाउनु हुनेछैन। यदी त्यस्तो भएको भए तपाईंले मलाई साउथह्याम्टनको अस्पतालमा भेट्नुहुने थियो।’

गएराति, सेकोउ माराले ७२ मिनेटमा गोल फर्काएसँगै खेलको नतिजा ३–१ भएको थियो। साउथह्याम्टनले गोल गरेको तीन मिनेटमै सिटीलाई पेनाल्टीको अवसर प्रदान गर्न पुग्यो। पेनाल्टीको अवसरमा जुलियन अल्वारेजले गोल गरेर नतिजा फराकिलो बनाएका थिए।

गएरातिको खेलसँगै प्रिमियर लिगको दोस्रो स्थानमा रहेको सिटीले २९ खेलमा ७५ गोल गरेको छ। यो सिजन सबैभन्दा धेरै गोल गर्ने टिम सिटी नै हो। शीर्षस्थानको आर्सनलले पनि ७० गोल गरेको छ।

गएरातिको जितसँगै ६७ अंक बनाएको सिटी आर्सनलभन्दा पाँच अंकले पछि छ। साउथह्याम्टन भने २३ अंकका साथ लिगको पुछारमा छ।

प्रिमियर लिगमा गएरातिकै खलमा बर्नेमाउथले जित निकालेको छ भने टोटेनहमले ब्राइटोनलाई २–१ ले हराएको छ।

प्रकाशित: २०७९ चैत २६ गते आईतबार ०९:१४
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना