काठमाडौं – पूर्व प्रशिक्षक फ्रांक लाम्पार्ड फर्किए पनि प्रिमियर लिग(इपिएल) क्लब चेल्सीमा जित फर्किन सकेनन। दुई वर्ष अघि बर्खास्त गरेको प्रशिक्षक लाम्पार्डलाई चेल्सीले पुनः प्रशिक्षकमा नियुक्त गरेको थियो। उनको प्रशिक्षणमा चेल्सीले इपिएल अन्तर्गतको अवे खेलमा शनिबार राति उल्भ्सको मैदानमा खेल्यो।
६३ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि चेल्सीले गोल गर्न सकेन्। उसले विपक्षीको पोस्टमा एकपटक मात्र प्रहार गर्न सक्यो भने उल्भ्सले चार पटक प्रहार गरेर एक प्रयास सफल बनायो। खेलको ३१ औं मिनेटमा माथ्थिउस नुनेसले गरेको गोल नै खेलको निर्णायक बन्यो। चेल्सी १–० ले पराजित भयो।
यो हारसँगै सिजनमा चेल्सीको हारको संख्या दर्जन पुग्नलाई एक कम छ। उसले ३० खेलमध्ये १० खेलमा मात्र जित निकालेको छ। जहाँ जितको संख्या भन्दा हारको संख्या धेरै भएको छ।
यसअघि ग्राहम पोटरले चेल्सीलाई जित लगातार जित दिलाउन नसकेपछि चेल्सीले उनलाई बर्खास्त गरेको थियो। साथै चेल्सीका समर्थकले लाम्पार्डको सुखद् आगमनको अपेक्षा गरेका थिए। तर त्यस्तो हुन सकेन। यत जितसँगै उल्भ्स भने ३० अंक बनाएर १२ औं स्थानमा उक्लिएको छ। चेल्सी उल्भ्सभन्दा एक स्थान अघि छ।
प्रिमियर लिगमा गएराति नै भएका खेलमा न्युकासल, म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले जित निकालेका छन्।


