काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क इतिहासकै महँगो मूल्यमा बिक्रि भएका छन्।
उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन्।
मिचेल स्टार्कले केही समयअघि मात्रै अस्ट्रेलियन खेलाडी प्याट कमिन्सको नाममा बनेको रेकर्ड तोडेका हुन्। कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।
त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी साम करन थिए। उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो।


