२०८३ कार्तिक १२ गते बुधबार

भारतीय संसदमा विपक्षी दलका सांसदलाई प्रतिबन्ध!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ३
loksabha_apJhdnHqjj

नयाँदिल्ली- विपक्षी दलका आधाभन्दा बढी सांसदलाई गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ।

निलम्बित १४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन्। डिसेम्बर १३ मा एक व्यक्तिले माथिल्लो दर्शकदीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेर पहेँलो धुवाँ छाडेपछि सांसदहरूलाई आश्चर्यचकित बनाएका थिए।

सो घटनाको भोलिपल्ट सुरक्षा उल्लङ्घनको विरोधमा १४ सांसदलाई चेम्बरबाट रोक लगाइएको थियो र सोमबार ७८ विपक्षी सांसदलाई बाँकी सत्रबाट निलम्बन गरिएको थियो। संसद् अधिवेशन शुक्रबार समाप्त हुँदैछ । शक्तिशाली गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै संसद्भित्र नारा लगाएपछि मङ्गलबार थप ४९ सांसदलाई प्रतिबन्ध लगाइएको छ।

निलम्बित सांसद तथा विपक्षी कांग्रेस पार्टीका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अर्थपूर्ण बहसबिना खतरनाक विधेयकहरू पारित गर्न सकियोस् भनेर विपक्षीहरूलाई सम्पूर्णरूपमा समाप्त गरिँदैछ।’

संसदमा हमला भएको २२औँ वार्षिक दिवसका दिन धुवाँ विरोध भएको थियो। बाइस वर्षअघि पुरानो संसद् भवनमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीको गोली हानी हत्या गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिक जागरण अखबारलाई दिएको दुर्लभ अन्तरवार्तामा घटनालाई ‘अत्यन्त गम्भीर’ भन्दै विस्तृत जाँचको आदेश दिनुभयो तर यसबारेमा बहस गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए। अत्यन्त लोकप्रिय प्रधानमन्त्री मोदीले आगामी वर्षको मेमा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा तेस्रो पटकको कार्यकालका लागि उम्मेदवारी दिन खोज्नुभएको छ।

प्रहरीले विरोध प्रदर्शनमा कारवाही गरेको, सत्ताारूढ दलले व्यापारिक सहयोगीहरूबाट यथेष्ट पैसा प्राप्त गरेको र प्रेस स्वतन्त्रतामा कटौती गरेको आधारमा मोदी नेतृत्वको भारत राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको मामिलामा फ्रिडम हाउसको वरियतामा तल झरेको छ।

प्रकाशित: २०८० पुस ३ गते मङ्गलबार ०९:२३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना