चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले १९६ किलो लागूऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन्। उनीहरूलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका –१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो।
उनीहरूले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाइछिपाइ मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई लागूऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


