काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो।
उनीहरूमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो। सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो।
निर्णयका लागि आज बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ। समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन्।


