काठमाडौँ- काठमाडौँमा आज बिहानको भन्दा पौने ९ बजेको तापक्रम घट्दो क्रममा रेकर्ड भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो भने अहिले पौने ९ बजे घटेर ४.५ डिग्री सेल्सियस रेकर्ड भएको छ।
महाशाखाले बिहीबार बिहान पौने ९ बजे अद्यावधिक गरेको विवरणमा काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस उल्लेख छ।
काठमाडौँमा आज बिहान यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको बताइएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो।


