काठमाडौँ- सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो।
सूचना प्रकाशित गर्दै कोषले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ।
आवेदन पुस २६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।



