काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक जस्तो विवादित विषय बहुमत र अल्पमतको प्रक्रियाबाट टुंग्याउन हतारो गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन्।
समितिले मन्त्री गुरुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न बोलाएको थियो।
छलफलमा गुरुङले विधयेकका विवादित चार विषयमा शीर्ष तहमा छलफल भइरहेको जनाएका छन्। ‘सकेसम्म सहमतिमा टुंग्याउनुपर्छ। भोलि कसैगरी भएन भने विकल्पहरु सोचौंला,’ उनले भने।


