काठमाडौँ पुस अन्तिम साता छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता हुने भएको छ। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासङ्घको संयुक्त आयोजनामा प्रतियोगिता पुस २३ देखि २८ गतेसम्म संचालन हुने छ।
प्रतियोगिता ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा हुने आयोजकले पत्रकार सम्मलेन मार्फत जानकारी गराएको हो। प्रतियोगिता लिगकम नकआउट आधारमा हुनेछ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो हुने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यस्तै प्रत्येक बोर्डमा पहिलो हुने ४ खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिने महासङ्घका महासचिव धरमबहादुर लामाले बताए।
प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजार रहेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिए।


