काठमाडौँ- सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आइतबारका लागि पेसी तोकिएको हो।
पटक पटक पेसी तोकिए पनि हालसम्म मुद्दा किनारा लाग्न सकेको छैन। आज मुद्दाको अन्तिम सुनुवाइ भएपछि सन्दीप सफाइ पाउने कि जेल सजाय भन्ने निर्णय हुने छ।
पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। पीडित किशोरीको उमेर १८ वर्ष कम भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।


