काठमाडौँ- न्याय परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई सिफारिस गरेको छ।
कुँवरलाई उच्च अदालत पाटन र उच्च अदालत पोखराको न्यायाधीशमा पौडेललाई सिफारिस गरेको हो।
न्याय परिषद्ले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्र बहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गरेको छ।
न्यापरिषद्ले राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्क प्रसाद गुरुङलाई तोक्ने परामर्श दिएको छ।


