तत्कालीन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व गरेको थोरै समयमा डेब्यु गराएकामध्ये धेरै खेलाडीमा एक विशाल श्रेष्ठ पनि पर्छन्। तर बाँकी खेलाडीको डेब्यु र विशालको डेब्युमा फरक छ। उनले राष्ट्रिय टिममा पुगेको १० वर्षपछि मात्र डेब्युको अवसर पाएका थिए। यहाँ, सन् २०२१ सेप्टेम्बर ५ सम्झिनु उचित हुन्छ। त्यही दिन उनले भारतविरद्ध खेल्दै नेपाली टिमबाट डेब्यु गरेका थिए।
सन् २०११ मा टिमोर लिस्टेविद्धको खेलपछि लगातार राष्ट्रिय टिममा परे पनि खेल्न नपाएको खेलाडीको लागि त्यो क्षण सायदै कसैले बयान गन सक्छ।
दुई वर्ष अघि घरेलु मैदानमा मैत्रीपूण खेलका लागि आमन्त्रण गरेको थियो। पहिलो खेल एक एक गोलको बराबरीमा रोकियो। दोस्रो खेलमा नेपाल २–१ ले पराजित भयो। तर विशालको लागि त्यो क्षण वषौँको तपस्याको फल थियो। पचासभन्दा धेरै खेलमा उनी नेपाली टिममा रहे। तर खेलेको त्यही एउटा मात्र रह्यो। उनको पहिलो खेल पनि अन्तिम खेल पनि। त्यो डेब्युपछि उनी सिधै अलमुताइरीतफ गए अनि उनलाइ अंगालो हालेर रोए। दशरथ रंगशालामा त्यो साँझ भारतसँग स्तब्ध भएका समथकको मनलाइ मलम लगाउने उनको त्यो अंकमाल थियो।
तर अहँ, उनले त्यसपछि अवसर पाएनन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्द खेलाडीले विद्रोर गदा उनले खेलाडी साथीहरूलाइ साथ दिए। त्यतिबेला उनलाइ पक्कै नराम्रो लागेको हुनुपछ। तर उनले खास केही भनेनन्। सन् २०१३ देखि सन् २०१५ सम्म, चोट लागेका दुई वर्षलाई विर्सने हो भने उनी सँधै २३ खेलाडीको स्क्वाडमा रहे– तेस्रो रोजाईको गोलकिपरमा।
अब्दुल्लाह अलमुताईरीले विकेश कुथुलाई टिममा समावेश गर्न छोडेपछि भने विशाल दोस्रो रोजाईका गोलकिपर थिए। राष्ट्रिय टिमको गोलकिपरमा ९० क्यापभन्दा धेरै जितेका गोलकिपर किरण कुमार लिम्बूको छायाँमा परेपछि उनले दशक सम्म पनि डेब्युको अवसर पाएका थिएनन्। तर अहँ, ‘मैले खेल्न पाइँन’ भनेको कतै सुनिएन। उनले धैयताको परिचय दिए। बोल्नुभन्दा अघि मुसुक्क हाँसेर सहृदयता प्रकट गने विशालले अब राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन्। शुक्रबार नेपाल सुपर लिगको अन्तिम खेलमा झापालाइ हराइसकेपछि उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिए।
उनको यो योजना केही समय धलेलिएको पक्कै हो। तर मनमा धेरै समयबाट सोचिरहेका थिए। बैंगलोरमा भएको साफ च्याम्पियनसिपको अन्तिम खेलपछि राष्ट्रिय टिमबाट सन्यास लिने सोचमा थिए विशाल। अन्तिम खेलमा उनले अवसर केही मिनेट खेलेर संन्यास लिने अवसर थियो। तर उनले सुखद् अन्त्यको अवसर पाएनन्। त्यसो भए, उनको त्यो दशक लामो धैयताको सम्मान हुने थियो। तर भएन, रै पनि उनले गुनासो गरेका छैनन्। अब, राष्ट्रिय टिममा युवा खेलाडीले अवसर पाउनुपर्छ भन्ने उनको मत छ।
‘साफपछि मैले संन्यास लिन्छु भनेर प्रशिक्षकलाइ भनेको थिएँ। धेरैले कहिले लिन्छौ भनेर सोधिरहनु भएको हुन्छ। त्यो म आज घोषणा गर्दैछु,’ विशालले झापाविद्ध म्यान अफ दि म्याच बनेपछि भने।

उनले अगाडि थपे, ‘किरण दाइ टिममा नै हुनुहुन्छ। विकेशले खेलेको पनि धेरै समय भयो। अब नयाँ खेलाडीलाई अवसर दिनुपछ भन्ने लागेको छ। मैले दश वर्ष त खेलिसकेँ। त्यसैले मैले यो निणय गरेको हो।’
घरेलु फुटबलमा सबैभन्दा उत्कृष्ट खेलाडी हुन् उनी। सुपर लिगको पछिल्ला दुई खेलमा उनी लगातार म्यान अफ दि म्याच बने। उत्कृष्ट फममा रहँदै घोषणा गने कमै खेलाडीमा विशाल पनि पछन्। उनले मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबबाट तीन घरेलु लिग जितेका छन्। निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका उनले ए डिभिजन लिगमा मछिन्द्रबाट खेलिरहँदा ७०० मिनेटभन्दा धेरै समय ‘क्लिन सिट’ राखे। त्यसबीच लिगको ९ खेलसम्म उनले एक गोलको मात्र सामना गरेका थिए। तथ्यांकमा प्रदशनको धेरै गन्ती नहुने नेपाली फुटबलमा उनीसँग यस्ता धेरै रेकडहरू छन्।
अन्तर्राष्ट्रिय खेलमा संन्यास लिए पनि उनले घरेलु प्रतियोगिता भने खेल्नेछन्। नेपालका लिग फुटबल कहिले हुन्छ कसरी हुन्छ कहिल्यै थाहा हुँदैन। तर जतिपटक भएका छन् वतमान् खेलाडीहरमा उनी सबैभन्दा राम्रा मध्येका खेलाडी हुन्। ‘हाम्रो देशमा लिग नै होला नहोला भन्ने दोधार छ। तर लिग भयो भने म खेल्छु,’ विशाल भन्छन्। उनले मनाङ मर्स्याङ्दीबाट दश वष खेले। वि सं २०७६ यता मछिन्द्र क्लबबाट खेलिरहेका छन्। त्यहाँबाट उनले एएफसी कपको लागि छनोट खेल पनि खेलिसकेका छन्। तर अब जीवनको बाटो कता जान्छ उनलाइ पनि थाहा छैन्।
अन्तर्राष्ट्रिय फुटबल बाट बिदा हुँदै गर्दा उनलाई याद आउने प्रशिक्षक हुन ग्राहम रोबटस्। सजले उनलाइ टिममा समावेश गरे। उनी भन्छन्, ‘सन् २०११ मा ग्राहम रोबर्टसले अवसर दिनुभएको थियो। म दुई वषदेखि खेलिरहेको थिएँ। अभ्यास गरिरहेको थिएँ। टिममा किरण दाइ र विकेश दाइ हुनुहुन्थ्यो। नेपालका उत्कृष्ट गोलकिपरहरू। मलाई थाहा थियो मैले अवसर पाउँदिनँ भनेर, उहाँहरू म भन्दा धेरै राम्रो हुनुहुन्थ्यो। तर कोचले चार जना गोलकिपर राखेर मलाइ समेट्नु भयो।’
उनी आज पनि ग्राहमको लागि ‘थ्यांकफुल’ छन्। उनले जति समय खेले परिवारको साथ पाएर खेले त्यसैले ‘थ्यांकफुल’ छन् परिवारप्रति पनि। तर एक समय थियो, जतिबेला उनले चोटका कारण धेरै पीडा सहनु पयो। आज सम्झिँदा ती दिन निकै गाह्रो लाग्छन्, विशाललाई। नेपाली फुटबलको संरचनामा जति खेलाडी खेले उनीहरूले केही न केही कुरामा विरोध गरिरहे। तर, अरूलाइ विरोध गरेर होइन आफैँमा निखार हुनुपर्छ भनेर फुटबलमा लाग्ने सच्चा खेलाडीका लागि विशाल रोलमोडेल हुन्।


