काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग साढे २ करोड मागेको विषयमा सांसद ढाकाकुमार श्रेष्ठसँग स्पष्टीकरण मागेको छ। सांसद श्रेष्ठले प्रसाईँसँग मन्त्री बन्ने भन्दै साढे दुई करोड मागेको सार्वजनिक अडिओ आइतबार सार्वजनिक भएको थियो।
रास्वपाले श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। यस्तै रास्वपाले यो विषयमा छानबिन गरि तीनदिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ।
प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिएका छन्।



